एम्बुलेन्स दुर्घटनामा पाँच घाइते

विराटनगर- मोरङमा बिरामी बोकेको एम्बुलेन्स गएराति दुर्घटना हुँदा पाँचजना घाइते भएका छन् ।

इलामबाट बिरामी बोकेर सुनसरीको धरानतर्फ गइरहेको मे१च १२९५ नं. को एम्बुलेन्स सुन्दरहरैँचा–७ मा अनियन्त्रित भई दुर्घटना भएको प्रदेश नं. १को विराटनगरस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा एम्बुलेन्स चालक इलाम–६ बस्ने सुनील राईको अवस्था गम्भीर रहेको र एम्बुलेन्समा सवार सोही ठाउँका शिशिर शेर्मा, लिम्बू, प्रमिला कार्की, रमिला लिम्बू र नेपाल खड्काको अवस्था भने सामान्य रहेको बताइएको छ। घाइतेलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको छ। (रासस)

मंसिर २९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्