क्रिकेटर पृथुसहितलाई ठगीमा सात दिन म्याद थप

काठमाडौं- दरबारमार्गको नाइट क्लब डेजाभुमा अमेरिकी डिजे मार्समेलो नआएपछि भएको तोडफोड प्रकरणमा यु–१९ राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पृथु बास्कोटासहित सात जनालाई ठगी मुद्धामा म्याद थप गरिएको छ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले डेजाभुका पाँच लगानीकर्ता र मार्समेलोको कार्यक्रम आयोजकका दुईजना गरी सात जनालाई ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान थालेको छ। पृथु डेजाभुको लगानीकर्तामध्ये एक भएको प्रहरीले जनाएको छ।

पृथुबाहेक डेजाभुका अन्य लगातानीकर्ता जयन श्रेष्ठ, मयन खड्का, विशाल डाँगी र मिलन श्रेष्ठलाई पनि न्यायिक हिरासतमा राखी अनुसन्धान अगाडि बढाइएको छ। यसैगरी आयोजकका रितेश मारवाडी र राजीव महर्जनलाई पनि म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ। प्रहरीले डेजाभु र आयोजक मिलेर दर्शकलाई ठगेको, क्षमताभन्दा बढी टिकट बिक्री गरेको, सुरक्षा प्रबन्ध नगरेकोलगायत आरोप लगाएको छ ।

मंसिर २९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्