माल्भिकाले खोलिन् कोरियन ‘लेट मी इन’को घुम्टो

दक्षिण कोरियाका राजदुत पार्क योङ सिक, पूर्व मिस नेपाल माल्भिका सुब्बा र बैंकर रविना देशराजलगायत क्लिनिक उद्घाटन गर्दै।

काठमाडौं– दक्षिण कोरियाको ‘लेट मि इन’ले काठमाडौंमा पनि आफ्नो सेवा सुरु गरेको छ।

छालासम्बन्धी सेवा दिने उद्देश्यले राजधानीको नयाँ बानेश्वरमा ‘लेट मि इन’ कोरियन एथिक्स नामक ब्युटी क्लिन स्थापना भएको हो।

शुक्रबार आयोजित कार्यक्रममा नेपालका लागि दक्षिण कोरियाका राजदुत पार्क योङ सिक, पूर्व मिस नेपाल माल्भिका सुब्बा र बैंकर रविना देशराजलगायतले क्लिनिक उद्घाटन गरे।

‘लेट मि इन’ले छालामा देखिने समस्याहरु डण्डिफोर, चायाँ, फेसियल, छालाको दाग हटाउने, कोठी हटाउने, टाटु हटाउने ,अनुहारको फोहोर हटाउने लगायतका सेवा दिने क्लिनिकमा म्यानेजिङ डाइरेक्टर डोङ सोमाले जानकारी दिए। कोरियामा उत्पादन हुने सान्ैदर्यका साधन र प्रविधि कोरियासँगै नेपालमा पनि अपग्रेड गर्ने उनले बताए।

कार्यक्रममा पूर्व मिस नेपाल माल्भिका सुब्बाले कोरियन सौन्दर्य प्रविधि विश्वका अन्य प्रविधिभन्दा स्तरीय हुने बताइन्। आफूले पनि कोरिया ब्राण्डका सौदर्य सामग्री प्रयोग गर्ने गरेको उल्लेख गर्दै यसको तुलना अरु कुनैसँग गर्न नमिल्ने उनले सुनाइन्।

‘लेट मी इन’मा चाउरिएका छाला, चायाँलगायत समस्याको हाइड्रो साइनिङ इन्जेक्सन सेवाबाट पनि उपचार हुने कार्यक्रममा जानकारी दिइयो। ‘लेट मी इन’ले थेरापीबाट सौन्दर्यको उपचार प्रविधिसमेत नेपाल भित्र्याएको छ।

औषधीको सेवन गरेर, विभिन्न औषधी लगाएर पनि निको नभएका छालासम्बन्धी रोग ‘लेट मी इन’ले इलेक्ट्रिक थर्मोलाइसिसबाट समेत उपचार गरेर समस्याको समाधान गर्ने दाबी कार्यक्रममा गरिएको थियो।

मंसिर २९, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्