राजकुमार ह्यारीको विवाह मे १९ मा

लण्डन- बेलायतका राजकुमार ह्यारी र मेघान मर्केलको बिहेको मिति निश्चित भएको छ।
अर्को बर्षको मे महिनाको १९ तारिखका दिन उनीहरूको औपचारिक विवाह हुने मिति तय भएको हो ।
केन्जीङ्टन राजदरबारको पारिवारिक स्रोतले शुक्रबार दिएको जानकारी अनुसार उनीहरूको विवाह सेन्ट जर्ज चापेल विन्डसर कास्टलमा हुनेछ ।
The Prince of Wales is delighted to announce the engagement of Prince Harry to Ms. Meghan Markle. pic.twitter.com/zdaHR4mcY6
— Clarence House (@ClarenceHouse) November 27, 2017
वैवाहिक समारोहमा सङ्गितिक कार्यक्रम सहितको भोजभतेर पनि हुने र त्यसको सवै खर्च राजदरबारले नै बेहोर्ने भएको स्थानीय सञ्चार माध्यमहरूले लेखेका छन् ।
ह्यारी र मेघानकाबीच गत नोभेम्बरमा ‘इन्गेजमेन्ट’ गर्ने निधो भएको थियो भने डिसेम्बर १मा उनीहरुको संयुक्त तस्वीर पहिलो पटक सार्वजनिक भएको थियो ।
उनीहरूले पहिलो पटक यही महिना क्रिसमस औपचारिक रुपमा शाही परिवारसँगै मनाउनेछन्।
विवाहपछि उनीहरू केन्जीङ्गटन प्यालेसमा रहेको नटिङ्गम कटेजमा बस्ने कार्यक्रम तय भएको छ । राजकुमार ह्यारी बेलायती राजगद्दिको पाँचौ नम्बरका हकदार हुन्।
अमेरिकी चर्चित नायिका मेगान मार्कलसँग राजकुमार ह्यारी सन् २०१६ को जुलाई महिनादेखि प्रेम सम्बन्धमा रहेका थिए।