मलेसियालाई एक सय २८ रनको लक्ष्य

काठमाडौं-थाइल्यान्डमा जारी एसिसी यु–१६ इस्टर्न रिजन च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले मलेसियासामु एक सय २८ रनको लक्ष्य प्रस्तुत गरेको छ।
मलेसियाले पाँच ओभरमा एक विकेट गुमाएर २१ रन जोडेको छ । यसअघि नेपालले निर्धारित ३४ ओभरमा आठ विकेट गुमाएर एक सय २७ रन जोड्यो।
नेपालको पालीमा प्रतिश जिसीले २५, सुनिल भन्डारी र नारायण जोशीले १७/१७ , विशाल विक्रम केसीले १५ तथा राजन मगर र रित गौतमले ११/११ रन जोडे । तृतराज दासले पनि १३ रन बनाए ।
यो पनि हेर्नुहोस्: