एक रनमा तीन विकेट झरेपछि मलेसिया दबाबमा

काठमाडौं-थाइल्यान्डमा जारी एसिसी यु–१६ इस्टर्न रिजन च्याम्पियनसिपको सेमिफाइनलमा नेपालविरुद्ध एक सय २८ रनको लक्ष्य पछ्याईरहेको मलेसिया दबाबमा परेको छ।

एक रनको अन्तरमा तीन विकेट झरेपछि मलेसिया संकटमा परेको हो।

मलेसियाले नौ ओभरमा चार विकेट गुमाएर २६ रन जोडेको छ । त्यसअघि २४ रन जोड्दा केवल एक विकेट गुमाएको मलेसिया २५/४ को स्थितीमा पुगेको थियो।

नेपालका बलर प्रतिस जिसीले दुई र सुर्य तामांगले एक विकेट लिए ।

यसअघि नेपालले निर्धारित ३४ ओभरमा आठ विकेट गुमाएर एक सय २७ रन जोड्यो।

नेपालको पालीमा प्रतिश जिसीले २५, सुनिल भन्डारी र नारायण जोशीले १७/१७ , विशाल विक्रम केसीले १५ तथा राजन मगर र रित गौतमले ११÷११ रन जोडे । तृतराज दासले पनि १३ रन बनाए ।

पुस १, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्