५० मिटर तल झाडीमा खस्यो ट्र्याक्टर , एकको मृत्यु

पाल्पा-पाल्पा पूर्वखोला गाउँपालिका–२ जल्पाको मैदान नजिकै आज ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा पूर्वखोला गाउँपालिका मैदानका मनबहादुर बाह्रघरे छन्। तारे गहिराबाट बालुवा लिएर मैदानतर्फ आउँदै गरेको लु१त ८३७७ नं ट्र्याक्टर दुर्घटनामा परी अन्य चार जना घाइते भएका छन्।

घाइतेको अहिले तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको पूर्वखोला गाउँपालिका–२ का वडाध्यक्ष नीरबहादुर सारुले बताए।

दुर्घटनापछि ट्र्याक्टर ५० मिटर तल अम्रिसाको झाडीमा खसेको छ। घाइते जल्पा मैदानका गाडी मालिक कर्णबहादुर कुवँर, रेवन्त हिस्की, तिलबहादुर गाहा र सुशान्त सारु रहेको वडाध्यक्ष सारुले जानकारी दिए। (रासस)

यो पनि हेर्नुहोस्:

धनगढीमा बस दुर्घटना, दुईको मृत्यु

दुर्घटनाका घाइतेको अब तत्कालै सुरक्षित उद्धार!

पुस १, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्