टोट्टनहामसँग रोकिएला म्यान सिटी ?

लन्डन-इंलिस प्रिमियर लिग फुटबलको आफ्नो महत्वपुर्ण खेलमा म्यानचेस्टर सिटीले शनिबार राती टोट्टनहामको सामना गर्दै छ । म्यान सिटी यो सिजन घरेलु लिगको एकमात्र अपराजित टोली हो।

उसले प्रतियोगिताका पछिल्ला १५ खेल लगातार जितेर प्रिमियर लिगमा सबैभन्दा बढी खेल लगातार जित्ने टोलीको कीर्तिमान पनि बनाएको छ । यस्तो स्थितीमा बलियो प्रतिद्धन्द्धी टोट्टनहामसँग कम्तिमा बराबरीमा रोकिएपनि म्यान सिटीको अपराजित यात्रा टुंगिने छैन।

र दुई खेल अघि दोस्रो स्थानमा म्यानचेस्टर युनाइटेडलाई हराएको म्यान सिटी उच्च मनोबलमा छ । १७ खेलमा १६ जित र एक बराबरीको नतिजा निकालेको म्यान सिटी ४९ अंकसहित शिर्षस्थानमा छ । दोस्रो स्थानमा रहेको म्यान युनाइटेडको १७ खेलपछि ३८ अंक छ।

१७ खेलपछि चेल्सीको ३५ र टोट्टनहामको ३१ अंक छ । टोट्टनहाम प्रतियोगितामा अघिल्ला दुई खेल जित्नुअघि लगातार चार खेलमा जितबिहिन भएको थियो।

म्यान सिटीले यो सिजन घरेलु लिगमा हरेक खेलमा कम्तिमा औसत तीन गोल गरेको छ । त्यतिमात्र होइन, प्रतियोगिताको यो सिजन सहभागी २० टोलीका केवल १२ खेलाडीले पाँचभन्दा बढी गोल गरेका छन्। जसमा ६ खेलाडी म्यान सिटीका मात्र छन् ।

प्रतियोगिताअन्तर्गत शनिबार राती हुने अन्य खेलमा चेल्सीले साउथह्याम्पटन, लेस्टर सिटीले क्रिस्टल प्यालेस र आर्सनलले न्युकासलको सामना गर्ने छ ।

यो पनि हेर्नुहोस्:

रोकिएन म्यानचेस्टर सिटीको गति

म्यान सिटीको लगातार १५ औं जित

 

पुस १, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्