कांग्रेस प्रत्यक्षमा शून्य, समानुपातिकमा पहिलो

जनकपुरधाम- मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा धनुषा जिल्लामा प्रतिनिधिसभा सदस्यतर्फ एउटा पनि सिट हासिल गर्न नसकेको नेपाली काँग्रेस ले समानुपातिकतर्फ अग्रस्थान कायम गरेको छ।

दोस्रो संविधानसभा निर्वाचनमा सात निर्वाचन क्षेत्रमध्ये पाँच वटा निर्वाचन क्षेत्रमा जित हासिल गरेको काँग्रेस गत निर्वाचनमा चारवटै प्रतिनिधिसभा सिट गुमाएको छ। यद्यपि समानुपातिकतर्फको अन्तिम मतगणनाअनुसार नेपाली काँग्रेसले धनुषामा अग्रता लिएको छ।

जिल्ला निर्वाचन कार्यालय धनुषाको तथ्यांकअनुसार समानुपातिकतर्फको अन्तिम मतगणनापछि नेपाली काँग्रेसले अग्रस्थान कायम गर्न सफल भएको छ।

प्रतिनिधिसभातर्फ नेपाली काँग्रेस धनुषामा ६२ हजार १ सय ९९ मत प्राप्त गरी पहिलो स्थानमा आएको छ। ५२ हजार ९ मत प्राप्त गरी राजपा दोस्रो, ५१ हजार १ सय १३ मतसहित संघीय समाजवादी फोरम तेस्रो र ३८ हजार १ सय ५० मत प्राप्त गरी नेकपा एमाले चौथो स्थानमा कायम छ। यस्तै माओवादी केन्द्रले २७ हजार १ सय ७८ र राप्रपाले २ हजार ३ सय ८ मत प्राप्त गरेको छ।

समानुपातिकतर्फ नेपाली काँग्रेसले सबैभन्दा बढी मत निर्वाचन क्षेत्र नम्बर ३ बाट प्राप्त गरेको छ। निर्वाचन क्षेत्र नम्बर ३ बाट काँग्रेसले २४ हजार ९७ मत पाएको छ । यस्तै क्षेत्र नम्बर १ बाट ११ हजार ५ सय ९२, क्षेत्र नम्बर २ बाट १३ हजार १ सय १९ र क्षेत्र नम्बर ४ मा १३ हजार ३ सय ९१ मत काँग्रेसले पाएको छ। एमालेको क्षेत्र नम्बर १ बाट ९ हजार १ सय ८९, क्षेत्र नम्बर २ बाट ६ हजार ८ सय ९०, क्षेत्र नम्बर ३ बाट ५ हजार ६ सय ५८ र क्षेत्र नम्बर ४ बाट १६ हजार ४ सय १३ मत प्राप्त गरेको छ।

यस्तै राजपाले क्षेत्र नम्बर १ बाट ८ हजार १ सय ६३, क्षेत्र नम्बर २ बाट ५ हजार ९ सय ४२, क्षेत्र नम्बर ३ बाट २५ हजार ५ सय ८ र क्षेत्र नम्बर ४ बाट १२ हजार ३ सय ९६ मत पाएको छ। संघीय समाजवादी फोरमले क्षेत्र नम्बर १ बाट १० हजार ७, क्षेत्र नम्बर २ बाट २४ हजार २ सय ८६, क्षेत्र नम्बर ३ बाट १ हजार ९१ र क्षेत्र नम्बर ४ बाट १५ हजार ७ सय २९ मत पाएको छ।

माओवादी केन्द्रले क्षेत्र नम्बर १ बाट १३ हजार ९ सय ९२, क्षेत्र नम्बर २ बाट ९ हजार ८ सय ६, क्षेत्र नम्बर ३ बाट १ हजार २४ र क्षेत्र नम्बर ४ बाट २ हजार ३ सय ५६ मत मात्र पाएको छ । यसअघि दोस्रो संविधानसभा निर्वाचनमा समानुपातिकतर्फ सम्मानजनक मत प्राप्त गरेको राप्रपा धनुषामा न्यून मत ल्याएको छ । राप्रपाले क्षेत्र नम्बर १ बाट १ हजार ७ सय ४८, क्षेत्र नम्बर २ बाट ९२, क्षेत्र नम्बर ३ बाट २ सय २० र क्षेत्र नम्बर ४ बाट २ सय ४८ सहित २ हजार ३ सय ८ मतमा सीमित भएको छ।

यस्तै प्रदेशसभा तर्फ समेत धनुषामा नेपाली काँग्रेस अग्रस्थानमा छ। चारवटा निर्वाचन क्षेत्र र ८ प्रदेशसभा निर्वाचन क्षेत्रमा समानुपातिक तर्फ नेपाली काँग्रेस ५५ हजार ४ सय १३ मत प्राप्त गरेको छ। भने प्रदेशसभा तर्फ ४९ हजार ४ सय ८१ मत प्राप्त गरी राजपा दोस्रो, ४८ हजार ९ सय ३० मत प्राप्त गरी संघीय समाजवादी फोरम तेस्रो, ३६ हजार १ सय १ मत प्राप्त गरी एमाले तेस्रो र २४ हजार २ सय ९० मत प्राप्त गरी माओवादी केन्द्र चौथो स्थानमा छ ।

यो पनि हेर्नुहोस्:

कांग्रेससँग माओवादी लचिलो, साझेदारीको पक्षमा

‘अध्यादेशमा कांग्रेसको किन यस्तो विवाद?’

पुस १, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्