खोलामा करेन्ट लगाएर माछा मार्दा ज्यानै गयो

नुवाकोट- लिखु खोलामा अवैधरुपमा करेन्ट लगाएर माछा मार्ने क्रममा शिवपुरी गाउँपालिका–६ समुन्द्रदेवीका वीरबहादुर तामाङको मृत्यु भएको छ।

साथीहरुसँग खोलामा माछा मार्न गएका १९ वर्षीय तामाङको शनिबार साँझ करेन्ट लागेर घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिए।

उनको मृत्यु भवितव्य भए पनि सँगै माछा मार्न गएकासँग घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

नुवाकोटको लिखु र तादी खोलामा विद्युत् र विषादी प्रयोग गरी अवैधरुपमा माछा मार्नेक्रममा मानवीय र चौपाया क्षतिको घटना वृद्धि हुँदै गएको छ। (रासस)

यो पनि हेर्नुहोस्:

खोलामा डुबेर युवककाे मृत्यु

पुस २, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्