रियल म्याड्रिड विश्वच्याम्पियन

जितपछि रियल म्याड्रिड टोली। तस्बिर: एजेन्सी।

लन्डन- स्पेनिस क्लब रियल म्याड्रिडले फिफा क्लब विश्वकपको उपाधि जितेको छ। शनिबार राति आबुधाबीमा भएको फाइनलमा रियलले ब्राजिलियन क्लब ग्रेमियोलाई १–० गोलले हरायो।

रियलको जितमा क्रिस्टियानो रोनाल्डोले गोल गरे। रोनाल्डोले ५३ औं मिनेटमा गरेको गोल निर्णायक बनेको हो। ३२ वर्षीय रोनाल्डोले फ्रि किकमा गोल गरेका थिए। रोनाल्डोले यस वर्ष फिफा वर्ष खेलाडी र बेलोन डिअर दुवै जितिसकेका छन्।

रियल प्रतियोगिताको साविक विजेता हो र उपाधि रक्षा गर्ने पहिलो टोली बनेको छ। रियलले विजेता बनेसँगै यो प्रतियोगिता सर्वाधिक जित्ने बार्सिलोनाको कीर्तिमान पनि बराबरी गरेको छ।

बार्सिलोना र रियल दुवैले तीनतीन पटक उपाधि जितेका छन्। सन् २००० देखी यो प्रतियोगिता आयोजना सुरु भएको हो। यो प्रतियोगिता विश्व फुटबलका विभिन्न ६ महासंघका ६ च्याम्पियन टोली र एक आयोजक गरी सात टोलीले प्रतिस्पर्धा गर्छन्।

 

 

 

पुस २, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्