
काठमाडौं-थाइल्यान्डमा जारी एसिसी यु–१६ इस्टर्न रिजन च्याम्पियनसिपको उपाधिकालागि नेपालले आइतबार सिंगापुरसँग खेल्दै छ।
शनिबार भएको सेमिफाइनलमा नेपालले मलेसियालाई ७२ रन तथा सिंगापुरले हङकङलाई ८ विकेटले हराएको थियो। प्रतियोगितामादुवै टोली अपराजित छन्।
नेपाल सहभागी एसिसीका हरेक यु–१६ क्रिकेट प्रतियोगितामा नेपाल कम्तिमा फाइनल पुगेको छ।
एसिसीले सन् २०१० मा एसिसी यु–१५ र यु–१७ एलिट कपलाई मर्ज गरी यु–१६ एलिट प्रतियोगिताआयोजना गरेको थियो । नेपालमा आयोजित उक्त संस्करणमा नेपाली टोली फाइनलमा पुगे पनि उपाधि भिडन्तमा सिंगापुरसँग पराजित भएको थियो।
त्यतिबेला एलिट कप पहिलो श्रेणी र च्यालेन्ज कप दोस्रो श्रेणीको प्रतियोगिता थियो। सन् २०१२ मा आयोजित एसिसी यू–१६ एलिट कपमा पनि फाइनल पुगेको नेपाली टोली उपाधि भिडन्तमा मलेसियासँग निराश भएको थियो ।
एसिसीले सन् २०१४ देखीआफ्ना सदस्यलाई प्रिमियर (प्रथम श्रेणी) र एलिट (दोस्रो श्रेणी) बर्गमा बाँडेर आयोजना गर्न थाले पनि त्यो एक संस्करणमात्र चल्यो।
त्यहि संस्करणमा नेपाल विजेता बनेको थियो । त्यसयताभने एसिसीले यु–१६ क्रिकेट प्रतियोगिताआयोजना गरेको यो नै पहिलो पटक हो । तर एसिसीले यसपटकदेखीआफ्ना सदस्यलाई भौगोलिक रुपमा बाँडेर प्रतियोगिता आयोजना गर्न थालेको छ उमेर स्तरमा , इस्टर्न र वेस्टर्न रिजनका रुपमा ।