बस पल्टदा सह-चालकको मृत्यु

धनगढी -कैलालीमा पर्ने पूर्वपश्चिम राजमार्गमा बस पल्टिदा सहचालकको ज्यान गएको छ ।
दुर्घटनामा ४ जना सामान्इ घाईते भएका छन।
कर्णाली यातायातको से १ ख ११९२ नम्बरको बस गौरीगंगा नगरपालिकाको राजीपुर बढैपुर खण्डमा दुर्घटना हुदा सहचालकको ज्यान गएको हो।
ईलाका प्रहरी कार्यालय मसुरियाका प्रहरी नायव निरिक्षक मदनराज जोशीले दुर्घटनामा मृत्यु भएका सह-चालकको सनाखत भईनसकेको जानकारी दिए।
उनले दुर्घटनामा सामान्य घाईते भएका ४ जनाको राजिपुर स्थित स्थानिय मेडिकलमा उपचार भईरहेको जानकारी दिए। सडकमा बाक्लो हुस्सु र कुहिरोका कारण बस पल्टीएको हुन सक्ने अनुमान गरिएको प्रहरी नायव निरिक्षक जोशीले जानकारी दिए।