चल्ला समूह काठमाडौंमा पक्राउ

काठमाडौं-  उपत्यकाभित्र कबाडी सामान संकलन गर्ने बहानामा चोरीमा सक्रिय समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार भारतबाट आएको चोरहरुले समूह नै बनाएर चोरी गर्ने गरेका थिए। प्रहरीले उनीहरुको समूहको नाम चल्ला समूह भएको जनाएको छ।

भारत बिहारका २६ वर्षीय दिनेश पोद्दार, १८ वर्षीय मुकेशकुमार पोद्दार , १८ वर्षीय केतुल पोद्दार , १९ वर्षीय चन्दन पोद्दार ,१८ वर्षीय सुरज पोद्दार र १८ वर्षीय विकास पोद्दार र बाराका ३१ वर्षीय राजकुमार अधिकारी छन्।

उनीहरु कबाडी संकलन गर्ने नाममा घरहरु डुल्ने र रेकी गर्ने तर पछि समूहमा गएर चोरी गर्ने गरेको अपराध महाशाखाले जनाएको छ।

 

 

पुस २, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्