पाकिस्तानको चर्चमा विस्फोट, चार को मृत्यु, २४ घाइते

एजेन्सी-पाकिस्तानको बलुचिस्तान प्रान्तको राजधानी क्वेटास्थित एक चर्चमा आइतबार आत्मघाती बम विस्फोट हुँदा ४ जनाको मृत्यु भएको छ।

विस्फोटबाट २५ जना घाइते भएका छन् । क्वेटास्थित जारघोन मार्गस्थित एक चर्चमा आइतबारे प्रार्थना भइरहेका बेला ४ आतंकवादीले आक्रमण गरेका थिए ।

बलुचिस्तानका गृहमन्त्री मीर सरफराज बुग्तीले भने, ‘एकजना आक्रमणकारीको प्रहरीको प्रवेशद्वारमै मृत्यु भएको थियो।

अर्को एकजना विस्फोट पदार्थ राखेको ज्याकेट पहिरेर चर्चभित्र छिरेका थिए । त्यहीँ नै विस्फोट हुँदा उनको ज्यान गएको थियो ।’ क्वेटाका प्रहरी डीआईजी अब्दुल रज्जाक चिमाले आक्रमणमा दुईजना भाग्न सफल भएको बताएका छन् ।

चिमाले चारजना श्रद्धालुको मृत्यु भएको जानकारी दिएका छन् । उक्त आक्रमणको हालसम्म कसैले जिम्मेवारी लिएका छैनन् ।

आक्रमणको प्रकृति हेर्दा तालिबान संलग्न भएको आशंका गरिएको छ । यसअघि पनि तालिबानले कैयौ अल्पसंख्यकलाई निशाना बनाउँदै आएका छन् ।

आक्रमणपछि क्वेटाका सबै सरकारी अस्पतालमा आपत्काल घोषणा गरिएको छ । हाल प्रहरीले विस्फोट भएको ठाउँलाई घेराबन्दी गरेको छ ।

पाकिस्तानका गृहमन्त्री अहसान इकबालले उक्त आक्रमणको निन्दा गरेका छन् ।

श्निबार सन् २०१४ मा पेशावर स्कुलमा आक्रमण भएको तेस्रो वार्षिकी मनाइएको थियो । त्यस आक्रमणमा १५० जनाको मृत्यु भएको थियो । मारिनेमा अधिकांश स्कुले विद्यार्थी थिए ।

 

 

पुस २, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्