ठगी मुद्दामा फरार रहेका तीन जना पक्राउ
काठमाडौं- ठगी मुद्दामा फरार रहेका तीन जना प्रतिवादीहरुलाई केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ। सीआइबीले उनीहरुलाई काठमाण्डौको किर्तिपुरबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेमा कीर्तिपुरका वडा-१८ बस्ने सुरज बिष्ट र काठमाडौं वडा ४ बस्ने सुनीता बिष्ट रहेका छन्।
प्रतिवादी सुरज विष्टलाई कारागार कार्यालय नख्खु, ललितपुरमा र प्रतिवादी सुनिता खड्का ‘विष्ट’लाई केन्द्रिय कारागार कार्यालय, जगन्नाथदेवल पठाईएको छ ।
विष्टद्वय समेतका संचालकहरुले दुईवटा सहकारी संस्था बाग्मती सहकारी संस्था र मञ्जुश्री सहकारी संस्थालाई मर्ज गरेको भन्दै २०८ जना सर्वसाधारणको ३ करोड२६ लाख ६६ हजार ७ सय ९० रकम ठगेर भागेका थिए।
यो पनि हेर्नुहोस्: