फोटो फिचर
दुई चरणमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा स्पष्ट बहुमत ल्याएको बाम गठबन्धन का दुई अगुवा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पहिलोपटक आइतबार होटल अन्नपूर्णमा सँगै देखिए। दुई नेताको संयुक्त पत्रकार सम्मेलन आइतबार दिउँसो निर्धारित समयमै सुरु भएको थियो।
धेरैजसो कार्यक्रममा ढिलो गरी पुग्ने नेता ओली र दाहाल आज समयमै पुगेका थिए। पत्रकार सम्मेलनका अधिकांश प्रश्नहरुमा ओलीले जवाफ दिएका थिए।
तस्बिरहरु: दीपा दाहाल/वर्षा शाह