
पार्टीभित्रैबाट मलाई हराइयो: बामदेव (भिडियो)
काठमाडौँ- एमाले उपाध्यक्ष बामदेव गौतमले दुईवटै पद एकै व्यक्तिले लिने निर्णय नभएको बताएका छन्। देशसञ्चारका लागि युवराज घिमिरे र दीपा दाहाललाई शनिबार साँझ दिएको अन्तर्वार्तामा गौतमले जनादेशले दुई पार्टीको चुनावी एकतालाई अनुमोदन गरेकोसमेत स्पष्ट पारे।
उनले भने, ‘नेपाली कांग्रेस र बामगठबन्धनबीच त्यत्ति ठूलो मत अन्तर छैन। कांग्रेसले आफ्नो साविकको मत हासिल गरेको छ। हामी अलग अलग भएको भए ऊ नै ठूलो हुन सक्थ्यो।’ गौतमले अन्तरघात, अलोकतान्त्रिक र आचारसंहिता विपरीतका आचरणले आफू पराजित भएको बताए। उनले पार्टीभित्रैबाट आफूलाई हराइएको स्पष्ट पारे। विस्तृत अन्तर्वार्ता।