गंगा किनारमा गीत लेख्दै ‘यो यो हनी सिंह’

पुस-‘अंग्रेजी बिट’ र ‘हाई हिल्स’ जस्ता चर्चित गीतका गायक यो यो हनी सिंह केही समय गायन क्षेत्रबाट हराएका थिए । बाइपोलार डिसअर्डरका कारण उनले दुई वर्षसम्म कामबाट विश्राम लिएका थिए। अहिले भने उनी पूर्ण तयारीका साथ काममा फर्किएका छन्। अहिले उनी गंगा किनाराका बसेर गीत लेखिरहेका छन्। उनले आफ्नो ट्वीटरमाफर्त गंगाको तटमा बसेर आराम गर्दै गरेको तस्बिर सार्वजनिक गरेका छन्। उनले लेखेका छन्, ‘गगां किनारमा मस्ती गर्दैछु । बिट्स बनाउँदैछु । गीत लेखिरहेको छु।’
Chillin at Ganges.
Makin #BEATS writing #VERSES
“Jai Ganga Maiya Ki”#YoYo #YoYoHoneySingh #Music pic.twitter.com/9q7dkBWlBu— Yo Yo Honey Singh (@asliyoyo) December 16, 2017
हनी सिंहले ‘लुंगी डान्स’, ‘चार बोतल भोड्का’ जस्ता चर्चित गीत गाएका छन्। तर बाइपोलार डिसअर्डरका कारण उनले गीत लेख्न छोडेका थिए । उनले एक अन्तर्वार्तामा आफू अल्कोहोलिक भएको र त्यसैले आफू बिरामी भएको स्वीकारेका थिए । अचानक गायन क्षेत्रबाट गायब भएपछि उनको बारेमा धेरै प्रकारका अफवाहहरु फैलाइएका थिए।
मानिसहरु भन्ने गर्थे कि अत्यधिक लागुपदार्थ सेवनका कारण उनी रिह्याब सेन्टरमा छन्। तर सिंहले त्यसको खण्डन गरेका छन्, ‘१८ महिना मेरो जीवनकै सबैभन्दा खराब दिन थिए। म कसैसँग कुरा गर्न सक्ने अवस्थामा थिइन।
म रिह्याबमा छु भनेर अफवाह पनि फैलाइयो। तर म आफ्नै नोयडास्थित घरमा थिएँ। मलाई बाइपोलार डिसअर्डर भएको थिए । मैले चार/चार जना डाक्टरलाई देखाएँ पनि। औषधिले काम नै गरिरहेको थिएन। मसँग अचम्मका घटना घटिरहेका थिए । म मान्छु कि आफ्नै मदिरा सेवनको लतले म बिरामी भएँ।’
उनले भनेका छन्, ‘यो एकदमै भयावह थियो । एक वर्ष भैसकेको थियो, औषधिले कामै गरेको थिएन। दिल्लीका डाक्टरलाई देखाएपछि केही सुधार भएको थियो। मैले आफूलाई सबैबाट अलग गरेको थिएँ । मरो दाह्री पनि लामो भएको थियो। मैले महिनौं कपाल पनि काटिन । २० हजार मानिसको अगाडि प्रस्तुति दिने म त्यस समय चार/पाँच जनाको अगाडि पनि पर्न सक्दिनथेँ ।’
के हो बाइपोलार डिसअर्डर?
यो एक किसिमको दिमागी बिमारी हो जुन डिप्रेसन जस्तै हुन सक्छ । यस्तोमा मानिस एकदमै खुशी हुने र दुखी हुने गर्छन्।