एसेस टेस्ट शृंखलामा अस्ट्रेलियाको यस्तो रवाफ

लन्डन (एजेन्सी)-अस्ट्रेलिया र इंल्यान्डबीच हुने चर्चित टेस्ट शृंखला एसेस यस वर्ष अस्ट्रेलियाले जितेको छ। इंल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले लगातार तीन खेल जितेर पाँच खेलको शृंखलामा ३–० ले अग्रता लिएको छ।

अस्ट्रेलियाले दुई खेल बाँकी रहँदैं शृंखला जित्ने निश्चित गरेको हो । तेस्रो खेलमा भ्रमणकारी टोली पाँचौं दिन सोमबार पाली र ४१ रनले विजयी भयो।

पहिलो पालीमा दुई सय ५९ रनले पछाडि रहेपछि फलोअनमा परेको इंल्यान्ड दोस्रो पालीमा दुई सय १८ रनमा समेटियो।

इल्यान्डलाई दोस्रो पालीमा सस्तोमा समेट्न जोस हेजलउडले पाँच तथा प्याट कुमिन्स र नाथन लियोनले दुई दुई विकेट हात पारे । मिचेल स्टार्कले पनि एक विकेट लिए ।

यसअघि अस्ट्रेलियाले पहिलो पालीमा ६ सय ६२ रन जोडेको थियो । भ्रमणकारी टोलीको पालीमा कप्तान स्टिभन स्मिथले दुई सय ३९ र मिचेल मार्सले एक सय ८१ रन जोडेका थिए ।

इंल्यान्डको पहिलो पालीमा दाविद मलानले एक सय ४० र जोनी बेयस्टले एक सय १९ रन बनाएका थिए । अस्ट्रेलियाका कप्तान स्मिथ प्लेयर अफ दी म्याच घोषित भए ।

एसेस शृंखला हालसम्म ७० पटक भएको छ जसमा अस्ट्रेलियाले ३३ र इंल्यान्डले ३२ पटक जितेका छन् । पाँच वटा शृंखला भने बराबरीमा सकिएका छन् ।

यो पनि हेर्नुहोस्:

क्रिकेटर पृथु बास्कोटा पक्राउ

 

पुस ३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्