प्रविधि मैत्री होटल बनाउन होटलजिक्स सफ्टवयर

पोखरा- होटल क्षेत्रको व्यवस्थापनलाई प्रविधिमैत्री बनाउने उद्देश्यले गोल्छा अर्गनाइजेसन हस्पिटालिटी सिस्टम प्रालिले होटलजिक्स नामक सफ्टवयर सम्बन्धी प्रवर्द्धन कार्यक्रम पोखरामा सम्पन्न गरेको छ।

पश्चिमाञ्चल होटल संघ पोखरासँगको सहकार्यमा होटल क्षेत्रलाई प्रविधिमैत्री बनाउन र होटलका सञ्चालक तथा प्रतिनिधिहरुलाई प्रविधिबारे जानकारी दिन यसबारे पोखरामा जानकारी गराइएको हो।

सानो स्तरका होटलदेखि तारे होटलसम्मले प्रयोग गर्न सक्ने यो सफ्टवयरले प्रतिष्ठानको प्रोपर्टी म्यानेजमेण्ट सिस्टम (पीएमए) लाई सघाउने होटलजिक्सका वरिष्ठ उपाध्यक्ष शिवप्रसाद गंगाधरनले जानकारी दिए। उनले प्रविधिमार्फत होटल क्षेत्रले आफ्नो व्यवस्थापनलाई चुस्त बनाउन उक्त सफ्टवयर सहयोगी हुने बताए। सफ्टवयरले होटलको बुकिङ अवस्था, आम्दानीको अवस्था, होटलले प्रयोग गर्ने सामानहरुको अवस्था र तिनीहरुको स्टकदेखि अन्य थुप्रै जानकारी उक्त सफ्टवयरले प्रदान गर्ने उनले जानकारी दिए।

हरेक क्षेत्रमा प्रविधिको प्रयोगले सेवालाई छिटोछरिटो र प्रभावकारी बनाइरहेको अवस्थामा होटलजिक्स नामक सफ्टवयर प्रयोगले होटल ब्यवस्थापनलाई सघाउने देखिएको पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले बताए। कार्यक्रममा आईटी नेपालका तर्फबाट निरज थापाले पनि प्रस्तुति राखेका थिए। उक्त कार्यक्रममा पोखरामा संचालित ५५ वटा होटलका संचालक, प्रबन्धक, लेखापाल लगायत होटलका प्रतिनिधि सहभागि थिए।

 

पुस ३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्