अमेरिकामा बन्यो झापाली समाज

अमेरिकामा रहेका झापाली तथा नेपालीलाई आपतविपतमा सहयोग गर्दै आफ्नो जन्मभूमि र देशको विकासमा सहयोग पुर्‍याउन झापाली समाज अमेरिका गठन भएको छ।

डाक्टर शम्भू ढुंगानाको सभापतित्वमा भएको टेलिकन्फरेन्स बैठकमा मुकुन्द ढुंगानाको अध्यक्षतामा बाँक़ी सदस्य कार्यसमितिले मनोनीत गर्ने गरी २५ सदस्यीय समिति गठन गरिएको छ।

भेलालाई समाजसेवी हेम पाठक अतिथि र अन्तर्राष्ट्रिय झापाली समाजका उपाध्यक्ष प्रमोद सिटौलाले सम्बोधन गरेका थिए। भेलामा एनआरएनए आइसीसी सदस्य बेद बस्नेत, एनसीसी अमेरिकाका उपाध्यक्ष रामकुमार सुवेदी र डाक्टर गोपी उप्रेतीले पनि सम्वोधन गरेका थिए।

भेलाको सञ्चालन निलम बिमलीले गरेका थिए। भेलाले डा. शम्भु ढुंगाना, हेम पाठक, डा. गोपी उप्रेती, प्रेम संग्रौला, डा. तुलसी उप्रेती, साहित्यकार कृष्ण धराबासी र डा.  मदन उप्रेती रहेको सात सदस्यीय सल्लाहकार समिति चयन गरेको छ।

पदाधिकारीहरुमा अध्यक्ष मुकुन्द ढुंगाना, उपाध्यक्षहरु साहित्यकार सीता पाण्डे, प्रदीप बस्नेत, अनिल ओली, महासचिव निलम बिमली र सदस्यहरुमा डा. लिला खतिवडा, डा. खगेन्द्र दाहाल, डिल्ली थापा, डा. पर्शुराम दाहाल, मोहन निरौला, मोहन ओली, दिपक पाण्डे, गोपाल प्याकुरेल, विदुर खतिवडा, याम सिटौला, सावित्रा ओली, कविन्द्र सिटौला, टिका पौडेल र बादल भुजेल चयन भएका छन्। भेलाले तदर्थ समितिलाई विधान तयार गरी संस्था दर्ता गर्ने र झापालीहरुको लगत सकंलन गरी अमेरिकाको विभिन्न राज्यहरुमा कमिटी गठन गरी सम्मेलन गर्ने म्यान्डेट दिएको छ।

यो पनि हेर्नुहोस्:

ट्रम्पको सुरक्षा रणनीतिमा ‘अमेरिका फर्स्ट’, रुस र चीन प्रतिस्पर्धी

दक्षिण अमेरिकामा दक्षिणपन्थीको अर्को विजय

पुस ३, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्