वासिंगटनमा रेल दुर्घटना हुँदा तीनको मृत्यु, सय घाइते

पुस-अमेरिकाको वाशिंगटन राज्यमा सोमबार एउटा रेल को डिब्बा लिकबाट राजमार्गमा खसेको छ।
दुर्घटनामा कम्तीमा तीन जनाको ज्यान गएको छ भने एक सयभन्दा बढी घाइते भएका छन्।
घाइते सबैलाई अस्पताल लगिएको छ। घाइतेमध्ये धेरै अवस्था गम्भीर भएको प्रहरीले जनाएको छ।
दुर्घटना बिहान ७ बजेर ३३ मिनेट जाँदा भएको थियो।सियाटलबाट पोर्टल्याण्ड जाँदै गरेको उक्त रेलको अधिकांश डिब्बा टकोमा नजिकै आई ५ हाइवेमा खसेको हो।
रेलको डिब्बाले हाइवेमा गुडिरहेका दुई वटा ट्रक पनि थिचेको बताइए पनि उक्त ट्रकमा भएका मानिसको अवस्था के छ भन्ने खुलेको छैन।
अधिकारीहरुले खसेका रेलका डिब्बामा खोजतलाश जारी राखेका छन्। उनीहरुका अनुसा मृतकको संख्यामा वृद्धि हुन सक्नेछ। घटनाको अनुसन्धान भैरहेको अधिकारीहरुले जनाएका छन्।
यो पनि हेर्नुहोस्: