डिश होमलाई ‘इमर्जिङ्ग ब्राण्ड अवार्ड’

काठमाडौं- नेपाल बेष्ट ब्राण्ड अवार्ड २०१७ मा डिश होमले ‘इमर्जिङ्ग ब्राण्ड अवार्ड’ प्राप्त गरेको छ।
थाइल्याण्डको सीएसआर, थट लिडर्स, सीएमओ र स्टार ग्रुपको आयोजनामा भएको उक्त कार्यक्रममा डिश होमलाई दुई वटा महत्वपूर्ण अवार्ड प्राप्त गरेको हो।
कार्यक्रममा डिश होमका प्रमुख कार्यकारी अधिकृत सुदिप आचार्यले सीइओ अफ द इयर २०१७ को आवार्ड समेत प्राप्त गरे ।
विश्वको विभिन्न देशहरुमा ब्राण्ड र यस सम्बन्धी कार्यक्रम गरि अवार्ड प्रदान गर्दै आएको सीएसआर, थट लिडर्स, सीएमओ र स्टार ग्रुपले नेपालमा पनि सो कार्यक्रम आयोजना गरेको हो।
नेपालका विभिन्न कम्पनीहरुको सहभागीता रहेको उक्त कार्यक्रममा भिन्न क्षेत्रका महत्वपूर्ण व्यक्तिहरुको सहभागिता रहेको थियो।