पारसको टोलीको बलियो ब्याटिङ

काठमाडौं- एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट को आफ्नो पहिलो खेलमा विराटनगर वारियर्सले ललितपुर प्याट्रियट्सलाई एक सय ५१ रनको लक्ष्य प्रस्तुत गरेको छ । विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ५० रन जोड्यो।
विराटनगरको पालीमा कप्तान पारस खड्काले ३८ , अनिल शाहले ४७ र बाबर हायातले ३४ रन बनाए । अंशुमान रठले १४ र आसिफ शेखले चार रन बनाए । पारस र अनिलबीच चौथो विकेटका लागि ७४ रनको साझेदारी भयो।
अनिलले ३५ बलमा तीन छक्का र दुई चौका प्रहार गरे । पारसले ३६ बलमा दुई छक्का तथा बाबरले २५ बलमा एक छक्का र पाँच चौका प्रहार गरे ।
ललितपुरले सोमबार भएको प्रतियोगिताको उदघाटन खेलमा काठमाडौं किंग्स इलेभेनलाई सात विकेटले हराएको थियो । यसअघि प्रतियोगिताको दोस्रो दिन मंगलबार सम्पन्न खेलमा पोखराले राइनोजले चितवन टाइगर्सलाई १० विकेटले हराएर विजयी सुरुवात गरेको छ।
त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा पोखराले एक सय १४ रनको लक्ष्य १७.४ ओभरमा कुनै विकेट नगुमाई पुरा गर्यो । पोखराका प्रारम्भिक ब्याट्सम्यानद्धय इस्रारुल्लाहले ६१ र सुनिल धमलाले ४६ रन बनाए ।
पाकिस्तानी खेलाडी इस्रारुल्लाहले ५४ बलमा ६ छक्का र एक चौका प्रहार गरे । धमलाले ५४ बलमा दुई छक्का र तीन चौका हिर्काए । २८ वर्षिय इस्रारुल्लाह प्लेयर अफ दी म्याच घोषित भए ।
त्यसअघि चितवनले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय १३ रन जोेडेको थियो । चितवनको पालीमा कप्तान दिपेन्द्रसिंह ऐरीले ४२ र अनिल मन्डलले ३२ रन बनाए ।
दिलिपनाथ ६, साबेज खान शुन्य , भिम सार्की आठ र योगेन्द्र कार्की सात रनमा आउट भए । पोखराका बलर इस्रारुल्लाहले चार र ताज वालीले तीन विकेट लिए । इस्रारुल्लाहले चार ओभरमा २२ रन खर्चिएका थिए । पाकिस्तानकै वालीले चार ओभरमा २१ रन दिए । प्रतियोगिताअन्तर्गत आजै हुने अर्को खेलमा ललितपुर प्याट्रियट्स र विराटनगर वारियर्सबीच प्रतिस्पर्धा हुने छ।
यो पनि हेर्नुहोस्: