साताको तेस्रो दिन पनि सेयर बजार ओरालो लाग्ने क्रम रोकिएन। आइतबार करिब १ अंकले घटेको नेप्से परिसूचकमा सोमबार दोहोरो अंकको गिरावट आएको थियो। सोमबार ११ अकंले घटेको परिसूचक मंगलबार पनि दोहोरो अंकले नै घटेको छ। नेप्से परिसूचक १४.८२ अंकले घटेर १४९३.४३ अंकमा पुगेको छ।

स्थीर सरकार बन्ने सम्भावना हुँदा पनि बजार ओरालो लाग्ने क्रम नरोकिए पछि लगानाकर्ताहरु निराश हुन थालेका छन्। ब्रोकरहरुका अनुसार नयाँ राजनीतिक विकासक्रमपछि लगानीकर्तामाझ नकारात्मक धारणा बनेकाले बजार ओरालो लागेको हो।

लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याल सरकार कहिले बन्ने यकिन हुन् सकेको छैन, बैंकले मार्जिन कल गर्ने रेसियो बढाएका छन् जसले गर्दा पनि केही लगानीकर्ताले सेयर बिक्री गरिरहेकाले बजार घटेको हुनसक्ने बताउँछन्।

मंगलबार दिनभरिमा १ सय ६६ कम्पनीको ५९ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ।

दोहोरो अंकले बजार ओरालो लाग्दा २७ कम्पनीका लगानीकर्ताले नाफा कमाए। अरुण फाइनान्सको मूल्य सबैभन्दा बढी ९.७ प्रतिशतले बढेको छ। सबैभन्दा बढी घट्ने कम्पनीको सूचीमा सिनर्जी पावर डेभलपमेन्ट कम्पनी रह्यो।

दोहोरो अंकले घटेको बजारमा सम्पूर्ण उपसूचकहरु पनि ओरालो लागेका छन्। नेप्से परिसूचकसँगै क वर्गका कम्पनीको मापक परिसूचक (सेन्सेटिभ इन्डेक्स) ३.१४ अंकले घटेको छ।

मंगलबार नेपाल टेलिकम सबैभन्दा बढी कारोबार गर्ने कम्पनी बनेको थियो। टेलिकमको करिब ८ करोड रुपैयाँ बराबरको कारोबार भएको हो।

यो पनि हेर्नुहोस्:

‘स्थिर सरकार’को मुखमा सेयर बजार ओरालो

आज सेयर कारोबार ५ बजेसम्म हुने

पुस ४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्