माइक्रोबसको ठक्करबाट महिला गम्भीर घाइते

काठमाडौँ-आज बिहान काठमाडौँको शान्तिनगरमा माइक्रोबसको ठक्करबाट एकजना महिला गम्भीर घाइते भएकी छिन्।

बिहान पौने ६ बजे बाटोमा हिँडिरहेको बेला शान्तिनगर गेट अगाडि बा २ ख १३२३ नम्बरको माइक्रोबसले ठक्कर दिँदा काठमाडौँ शान्तिनगर बस्‍ने सीता अधिकारी गम्भीर घाइते भएको हो ।

घाइते अधिकारीको उपचारका लागि नर्भिक अस्पताल थापाथली लगिएको छ । दुर्घटनापश्चात फरार रहेका चालकको खोजी भइरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

यो पनि हेर्नुहोस्:

भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

स्कुटरको ठक्करबाट पैदल यात्रुको ज्‍यान गयो

पुस ५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्