ग्यास आगलागीका दुई घाइतेको ताजा तस्बिर

सख्त घाइते सञ्जीव नेपालको राजधानीको वीर अस्पतालस्थित ट्रमा सेन्टरमा उपचार हुँदै। उनलाई आकस्मिक शल्यक्रियापछि थप उपचारका लागि कीर्तिपुर अस्पताल लगिएको छ। तस्बिर: वर्षा शाह।

वीरगञ्जस्थित ग्यास उद्योगमा भएको भीषण आगलागीमा परी घाइते भएकाहरुमध्ये गम्भीर दुईलाई राजधानी ल्याइएको छ।

ती दुईमध्ये सञ्जीव नेपाललाई आकस्मिक उपचारपछि कीर्तिपुरस्थित जलेकाको उपचार गर्ने अस्पताल लगिएको छ भने अर्का घाइते अरुण महतोको वीर अस्पतालमा उपचार भइरहेको छ। सञ्जीव र अरुणकै अवस्था चिन्ताजनक छ भने सञ्जीवको शरीरको धेरै भाग जलेको छ।

राजधानीको ट्रमा अस्पतालमा उपचाररत अरुण महतो। तस्बिर: वर्षा शाह।

यो पनि हेर्नुहोस्:

ग्यास आगलागीका दुई घाइते वीरमा, एक गम्भीर

वीरगञ्जमा ग्यास उद्योगमा भीषण आगलागी, दुई अग्निनियन्त्रकको मृत्‍यु

पुस ५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्