फेसबुक वेब र एपमा सर्च हिस्ट्री कसरी हटाउने?

काठमाडौं- सूचना, सञ्‍चार र प्रविधिको युगमा सामाजिक सञ्‍जाल फेसबुक अहिले करोडौं मानिसको लागि आधारभूत आवश्यकता बन्दै गइरहेको छ। प्रविधिमा प्लेटफर्म धेरै भए पनि फेसबुकप्रति मानिसको आकर्षण दिन प्रतिदिन बढ्दै गइरहेको छ।

फेसबुकमा मानिसहरु दैनिक साथी बनाउने, खोज्‍ने र आफ्नाा कुराहरु टेक्स्ट, तस्बिर र भिडियो अपलोड गरेर अभिव्यक्त गरिरहेका हुन्छन्। तर दुर्भाग्यस कहिले काही आफूले बनाएका पेज र मानिसहरु हराइदिने गर्छन्।

तपाईले चाहेको बेलामा आफूले खोजेको साथी भेट्दा पनि साथी बनाउन सक्नुहुन्‍न किनकि फेसबुकले सिफरिस माग्‍ने गर्छ। यसको लागि तपाइले यी काम गर्नुस्।

फेसबुकको एप वा वेबमा जानुस्। त्यहा आवश्यक डाटाहरु (पुरानोदेखि हालसम्मका) स्टोर गरेर राखिएका हुन्छन्।

. यदि डाटाहरु तस्बिरको रुपमा संग्रहित छन् भने तपाईँको लागि झन राम्रो हुनेछ। किनकि तपाइले चाहेको वा इच्छाएको व्यक्ति (परिवारका सदस्य, मन नपरेको साथी वा पेज, ग्रुप) हटाउन सक्नुहुन्छ।

. साथै फेसबुकले एकै पटकमा हटाउने विकल्पर वेब र एपमा समेत दिएको छ। तर त्यो लुकेर रहेको हुन्छ। यसको लागि तपाईले यी प्रक्रियाहरु पूरा गर्नु पर्ने हुन्छ।

  • . पहिला फेसबुकको प्रोफाइलमा जानुस्। त्यहा ‘एक्टीभिटी लग’ वा भ्यू एक्टीभिटी लग भनेर अपशन दिइएको हुन्छ। यसलाई तपाईले आफू अनुकुल बनाउन सक्नेहुन्छ।
  • . एकपटक ‘एक्टीभिटी लग’मा क्लिक गरिसकेपछि तपाईले त्यनहाँ धेरे किसिमका विकल्पहरु भेटाउनुहुनेछ, जसमा लाइक, कमेन्ट र सेयर लगायत अन्यय थुप्रै प्रकारका विकल्पहरु हुनेछन्।त्यही पेजमा तपाईले थप विकल्प भनेर देख्‍न सक्नुहुनेछ।
  • . मोर अपशनमा क्लिक गरिसकेपछि तपाईले फिल्टर गर्ने लिस्ट देख्नुनहुनेछ। त्यो लिस्टमा तपाईलाई फिल्टर गर्न मन लागेको कुरा सर्च ट्याबमा खोज्‍न सक्नुहुन्छ।
  • .त्यही सर्चको ट्याबमा रहेर तपाईले चलाउने वा अरु फेसबुक चलाउने व्यक्तिको पेजमा संग्रहित डाटा समय, गते, महिना र वर्ष अनुसार भेटाउनुहुनेछ।
  • .साथै त्य‍ही पेजमा ‘क्लियर सर्च’ नामक ट्याब दायाँपट्टिको कुनामा भेटाउनुहुनेछ। जसले तपाई वेबमा भएको हिस्ट्रीलाई सधैको लागि हटाउन सक्नुनहुनेछ।

यस्तै फेसबुक एपको लागि

  • .सबैभन्दा पहिले तपाइको एपको हिस्ट्रीमा जानुस्। त्य हाँ हिस्ट्रीको लिस्ट भेट्टाउनुहुनेछ।
  • .त्यो लिस्टमा दायापट्टी एडिट अपशन दिएको हुन्छ। त्यहाँ क्लिक गरेर सिधै ‘एक्टीभिटी लग’ पेजमा पुग्न सकिन्छ।
  • .त्यही पेजमा ‘क्लियर सर्चेज’ अपशन भेटाउनुहुनेछ। त्यहीबाट तपाईले आफ्नो एपमा रहेको डाटाहरुको हिस्ट्रीलाई सधैभरीको लागि हटाउन सक्नुहुनेछ।
पुस ५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्