टोखामा गोली चलाउने पक्राउ

काठमाडौं-काठमाडौंको टोखामा गोली प्रहार गर्ने पक्राउ परेका छन्।

प्रहरीले सुनिल तामाङ, विजय तामाङसहित चार जनालाई भरुवा बन्दुकसहित पक्राउ गरेको हो।

जंगलमा सिकार गर्न जाँदा उनीहरुले चलाएको गोली लागेर झोर, टोखामा बुधबार दिउँसो एक महिला घाइते भएकी थिइन्।

उनको ग्रान्डी अस्पतालमा उपचार भईरहेको छ । प्रहरीका अनुसार पक्राउ परेका सबै पटके चोर हुन्।

 

पुस ५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्