लागु औषधसहित दुई विदेशी पक्राउ

काठमाडौं-प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो (एनसिबी)ले औषधि जन्य लागु औषध (फर्मासियुटिकल ड्रग्स)सहित एक भारतियलाई पक्राउ गरेको छ।
भारतबाट गाडीमा राखेर लागुऔषध काठमाडौं ल्याईरहेका बेला एनसिबीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा भारत मोतिहारीका ३६ वर्षिय रमेश कुमार छन्। उनले भारतिय नम्बर प्लेटको स्कोर्पिया गाडी आफैले चलाएर काठमाडौं आउँदै थिए ।
उक्त गाडीमा १२ सय नुफिन एम्पुल , १२ सय डाइजेपाम एम्पुल, ११ सय फेनरागन एम्पुल बरामद भएको एनसिबीले जनाएको छ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा रमेशले नियमितरुपमा लागु औषध नेपालमा ल्याएर कारोबर गर्ने गरेको देखिएको छ।
यसैगरी एनसिबीले एक केजीभन्दा बढी चरेसहित एक रसियन नागरिकलाई पनि पक्राउ गरेको छ।
फ्लाई दुबईमार्फत दुबई उड्न लागेको अवस्थामा रसियन नागरिक ३३ वर्षिय भिक्टर सिगानोभले चेबनप्रासको बट्टामा लुकाएर लैजान लागेको एक केजी चार सय ९१ ग्राम चरेस बरामद भएको थियो।
यो पनि हेर्नुहोस्: