अंश विवादमा बुबा-छोराबीच झडप

अंश विवादमा परिवारभित्रै झडप हुँदा घाइते भएकाहरु लमही अस्पतालमा उपचार गराउँदै। तस्बिर: देशसञ्चार।

दाङ– गढवा गाउँपालिका वडा नम्बर ६ को एक गाउँमा अंश विवादले परिवारका सदस्यबीच झडप भएको छ।

वुवा र छोराबीच अंश विवादले हिंसात्मक रुप लिएको हो। जगदीशप्रसाद यादवका जेठा छोरा दिनानाथ यादवले दाङ देउखुरी अदालतमा अंश सम्बन्धी मुद्दा दर्ता गराएका थिए। जेठो छोराले अंशसम्बन्धी मुद्दा दर्ता गरेपछि वुवा, आमा, माइलो भाइ र बुहारी आक्रोशित बनेका थिए।

अंशसम्बन्धी मुद्दा किन दर्ता गरेको भन्दै विवाद बढ्दै गएपछि परिवारका सदस्यहरुबीच बुधबार दोहोरो झडप हुदा पाँचजना घाइते भएका छन्।

घटनामा परी २ पुरुष र ३ महिला एकै घरका सदस्य घाइते भएका हुन्। यसरी घाइते हुनेमा दिनानाथ यादव, उनकी श्रीमती आशिका यादव, उनका बुवा जगदीशप्रसाद यादव, आमा मिरा यादव, माइली बुहारी प्रतीक्षा यादव छन्। गम्भीर घाइतेहरुलाई थप उपचारका लागि बुटवल पठाइएको लमही अस्पतालका प्रमुख डा. ईश्वरी खनालले जानकारी दिए।

यो पनि हेर्नुहोस्:

मतदानस्थल नजिकै झडप

बालकोटमा कांग्रेस नेतासहित केहीको घरमा तोडफोड

पुस ५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्