भृकुटीमण्डपमा टिभीएसको मेगा एक्सचेञ्‍ज मेला, दुई दिन थप

काठमाडौं- शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्सले टिभीएस मेगा एक्सचेञ्‍ज मेलाको समय थप गरेको छ।

काठमाडौंको भृकुटीमण्डपमा गत पुष २ गते देखि जारी मेलामा उपभोक्ताको चाप हेर्दै ७ र ८ गते समय थप गर्ने निर्णय गरिएको जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक कुमार अग्रवालले जानकारी दिए।

उनले मेलामा जुन सुकै कम्पनीका मोटरसाइकलहरुको उचित मूल्यांकन गर्दै एक्सचेञ्ज गरिने बताए।

अग्रवालका अनुसार मेलामा मोटरसाइकल खरिद वा एक्सचेञ्ज गर्दा स्क्रयाच कार्ड मार्फत कम्तीमा १० हजार देखि १ लाख रुपैयाँसम्म अफर दिईएको छ।

उनले मेलामा कम्पनीलेदशैँका समयमा दिईने भन्दा ठुलो अफर दिईरहेको दाबी गरे।

शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्सले बिगत २ बर्ष देखि मोटरसाइकलको कारोबार गर्दै आईरहेको छ।

अग्रवाल भन्छन्, बर्षौं देखि स्थापित अन्य कम्पनीहरुसँग प्रतिस्पर्धा गरिरहेकाले बजारमा टिभीएसका मोटरसाइकलको उपस्थिति केही कम छ।

अग्रवाल २ बर्ष अघि जगदम्बा मोटर्सले टिभीएसको कारोबार सुरु गरेपछि नेपालमा मोटरसाइकल बजारको वृद्धि भन्दा टिभीएसको ग्रोथ रेट माथि रहेको दाबी गर्छन्।

हाल राजधानीमा २ वटा आफ्नै स्वरूमबाट ग्राहकलाई स्तरीय सेवा दिईरहेका बताउँदै अग्रवालले १ बर्ष भित्र उपत्यकामा १० वटा स्वरुम स्थापना गर्ने योजना सुनाए।

पुस ५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्