चैत आठ गतेदेखि एसईई परीक्षा (तालिका सहित)

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को तालिका सार्वजनिक गरेको छ। बोर्डले बुधबार परीक्षाको तालिका सार्वजनिक गर्दै चैत आठ गतेदेखि सञ्चालन गर्ने जनाएको छ।
तालिका अनुसार चैत ८ र ९ गते अनिवार्य अंग्रेजी र नेपाली विषयको परीक्षा सञ्चालन हुने छ भने चैत १२ गते अनिवार्य गणित, १३ गते अनिवार्य विज्ञान रहेको छ।
यस्तै चैत १४ गते सामाजिक अध्ययन, १५ गते अनिवार्य स्वास्थ्य जनसंख्या तथा वातावरण, १६ गते ऐच्छिक प्रथम र १७ गते ऐच्छिक द्धितिय विषयको परीक्षा सञ्चालन हुने बोर्डले जनाएको छ। परीक्षा २० गतेसम्म सञ्चालन हुनेछ।
यहाँ क्लिक गर्नस् एसइइ परीक्षा तालिका
यो पनि हेर्नुहोस्:
पूर्वाञ्चाल विश्वविद्यालयमा तोडफोड, पुनः परीक्षाको माग
प्रश्नपत्र आउट गरेको भन्दै पूर्वाञ्चल विश्वविद्यालयमा तोडफोड