रहेनन् ‘मुनामदन’का संगीतकार

संगीतरकार चन्द्रराज शर्मा

काठमाडौं-संगीत कलाभुषणद्वारा विभुषित वरिष्ठ संगीतकार चन्द्रराज शर्मा अब रहेनन्।

बिहीबार बिहान शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंमा उनको निधन भएको उनका सुपुत्र गायक सुदेस शर्माले जानकारी दिएका छन् ।

७८ वर्षको उमेरमा उनको निधन भएको हो ।

विसं. १९९६ साल फागुन २७ गते संगीत शिरोमणि यज्ञराज शर्मा र होमकुमारी शर्माका माईंलो छोराका रूपमा जन्मिएका शर्मा नेपाली संगीत जगत्मा विशिष्ट संगीतका कारण परिचित छन्।

उनको संगीतमा नारायणगोपाल, भक्तराज आचार्य, गोपाल योञ्जन ,फत्तेमान राजभण्डारी, प्रेमध्वज प्रधान, रबिन शर्मा , कमला श्रेष्ठ ,प्रकाश श्रेष्ठ , शुदेशराज शर्मा ,लोचन भट्टराइ ,सपना श्री ,एम बराल, रामकृष्ण ढकाल ,राजेश पायल राई आदि गायकले स्वर दिएका छन्।


उनले गीती नाटक मुनामदन, शोक काब्य गौरी , चलचित्र कुमारी, जीवन ज्योती ,भानुभक्त आदिमा संगीत दिएका थिए।

उनले संगीत दिएका ‘म मरे पनि मलाई मेरो देशको माया छ’, ‘ईश्वर तैंले रचेर फेरी’, ‘चपला अपला’, ‘मनमा माया तनमा माया’, ‘हामी नदीका दुई किनारा’ लगायतका सयौं गीत अमर छन् ।

नेपाली संगीताकाशमा उनको संगीतमा गाइएका हजारौं गुञ्‍जिरहनेछन। शर्माको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिदैछ ।

 

 

पुस ६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्