घाइते दुलालको अवस्था सुधारउन्मुख

काठमाडौं-टोखामा गोली लागेर घाइते भएकी ३५ वर्षीय दुर्गा दुलालको अवस्था सुधारउन्मुख देखिएको छ।

ग्राण्डी अस्पतालका मेडिकल निर्देशक डा. चक्रराज पाण्डेका अनुसार उनको हातको पातामा लागेको गोली झिकिएको छ।

उनको अवस्थामा सुधार आएपनि खतराबाट मुक्त हुन नसकेको चिकित्सकले बताएका छन्।

बुधबार घाँस काट्न गएका बेला गोली लागेपछि उनलाई उपचारका लागि ग्राण्डी इन्टरनेशल अस्पतालमा लगिएको थियो।

यो पनि हेर्नुहोस्:

टोखामा गोली लागेर घाइते हुने महिला

टोखामा गोली चल्यो

पुस ६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्