मोदीसँग विराट कोहली र अनुष्काको भेटको ठट्टा

नयाँ दिल्ली- क्रिकेटर विराट कोहली र अनुष्का शर्माले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेको विषयबारे रोचक चर्चा भइरहेको छ।विराट दम्पतीले मोदीसँग भेटेका क्षण सामाजिक सञ्जालमा पोस्ट गरेपछि इन्टरनेट प्रयोगकर्ताले यसलाई निकै रोचक बनाएका छन्।
विराट र अनुष्काको विवाह भारतमा सबैका लागि चर्चाको विषय बनेको छ। बालकदेखि वृद्धसम्म, चाहेर होस् वा नचाहेर होस् उनीहरूको विवाहबारे जानकार हुनु परिरहेको छ। उनीहरू मधुमास मनाउन फिनल्यान्ड पुगे। त्यहाँ पुगेर हनिमुनस्थलबाटै विराटले इन्स्टाग्राममार्फत आफ्नो फोटो सार्वजनिक गरे। क्याप्सन थियो, वास्तविक स्वर्गमा। यस्ता तस्बिर सार्वजनिक गर्नासाथ उनीहरूले विडिङगोल्स, कपल्सगोल्स ह्यासट्याग गरेर प्रेरणा र ठट्टाको विषय बनाए।
जब प्रधानमन्त्री नरेन्द्र मोदीले विराट युगलसँग खिचेको तस्बिर सार्वजनिक गरे, इन्टरनेटभरि यो हाँसो र आश्चर्यको विषय बन्न पुग्यो।
भारतीय प्रधानमन्त्रीको आधिकारिक ट्विटर ह्यान्डलबाट उक्त जोडीबाट मोदीले उपहार ग्रहण गरेको तस्बिर सेयर गरिएको थियो।
क्याप्सन थियो, ‘यो साँझ भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली र चर्चित अभिनेतृ अनुष्का शर्माद्वारा मोदीसँग भेट। प्रधानमन्त्री मोदीद्वारा बधाई।’
तत्काल इन्टरनेटमा यो कुरा फैलियो, विशेषगरी माइक्रोब्लगिङ साइटमा। उनीहरूले रमाइला क्याप्सन राखेका थिए, मोदीले विराट र अनुष्कालाई भेटेको तस्बिरमा।
……
‘नोटबन्दीमा साट्न नपाएका ५०० र १,००० का पुराना भारतीय नोट साट्दै विराट कोहली र अनुष्का शर्मा।’
……
‘९९ मै आउट मोदीलाई शतक गर्ने उपाय सिकाउँदै कोहली।’
……
‘मोदीलाई आधारकार्ड र केएफसी फर्म बुझाउँदै कोहली र अनुष्का ।’
……
‘विराट र अनुष्काले नाइट किङलाई भेट्न पर्खाल नाघे।’
……
‘भारतमा टाइम पास गर्ने चर्चित ३ क्षेत्र क्रिकेट, राजनीति र बलिउड एउटै फोटोमा।’
यीभन्दा पनि अझै रोचक भनाइ पनि छन्।
……
कोहली: अच्छे दिन कब आएंगे ? (राम्रा दिन कहिले आउँछन्)
मोदी: आरसिबी आइपिएल कब जितेगी ? (आरसिबीले आइपिएल कहिले जित्छ?)
दुवै चुप
……
मोदी: ब्याटिङ टाइम कौन सी बलका वेट करते हो ?
कोहली: फ्लाइटवाली
मोदी: डोमेस्टिक या इन्टरनेशनल
…..
मोदी: मैले ९९ मात्रै पाएँ, तपाईं सधैं शतक गर्नुहुन्छ, यसको रहस्य ?
कोहली: मैले एउटी भेट्टाएँ।
(स्रोत: एजेन्सी)
यो पनि हेर्नुहोस्:
इटालीमा विवाह गरेर ‘देशद्रोही’ बने विराट -अनुष्का!