नेपाल पहिलो पटक अनलाईन फुड फेस्टिबल हुँदै

काठमाडौं-नेपालकै पहिलो खाना डेलिभरी कम्पनी, फुडमाण्डुले नेपालकै सबैभन्दा ठूलो अनलाईन फुड उत्सवफुडमाण्ड अनलाई फुड फेस्टिबलआयोजना गरेको छ।

खुकुरी रमको प्रायोजन र समर्सबीको सह-प्रायोजनमा आयोजना गरिएको उक्‍त उत्सवयहि डिसेम्बर २२ देखि जनवरी ५ तारिकसम्म सञ्‍चालन हुनेछ ।

फेस्टिभलमा करीब ३३ विभिन्‍न रेष्टुरेन्टहरुले आफ्ना विशेष परिकारहरु आकर्षक छुट मूल्यमा ल्‍याउनेछन्।

सो अवधिमा अवधिमा हरेक अर्डरमा एक बोटल कोका-कोला र हरेक दिन ५० जना अग्रिम ग्राहकहरुले सोमर्सबी सित्तैमा प्राप्त गर्नेछ।

साथै एक हजार भन्दा बढीको खाना अर्डर गर्नेले २ वटा कफीको कुपन प्राप्त गर्नेछ  भने  उक्त अवधि भरीमा खाना अर्डर गर्नेलाई डेलिभरी शु-ल्क लाग्‍ने छैन।

हरेक दिन सबभन्दा बढी मूल्यको खाना अर्डर गर्ने एक जना ग्राहकले र उत्सवभरी सब भन्दा बढी मूल्यको तथा सब भन्दा वढी पटक अर्डर गर्ने एक एकजनाग्राहकहरुले आकर्षक उपहार प्राप्त गर्नेछ।

यसका साथै अनलाईन खेल खेलीखानाको छुट भौचर, फेसबुक प्रतियोगितामा विभिन्‍न उपहारहरु जित्‍न सक्नेछ।

पुस ६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्