दुई हप्तापछि दिए मोदीले देउवा, ओली र दाहाललाई बधाई

काठमाडौँ- आम निर्वाचन सम्पन्न भएको दुई सातापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समकक्षी शेरबहादुर देउवा तथा बाम गठबन्धनका नेताद्वय केपी ओली र पुष्पकमल दाहाललाई चुनाव सम्पन्न भएकामा बधाई दिएका छन्।

भारतको विदेश मन्त्रालयका प्रवक्ताले चुनाव सम्पन्न भएकामा सरकार र नेपाली जनतालाई बधाई दिएको ठीक एक सातापछि भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री देउवा, एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई बधाई दिएका हुन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारका अनुसार नेपालको एेतिहासिक चुनाव सम्पन्न भएकामा बधाई दिँदै एउटा राजनीतिक चरण पूरा हुनु भारतका लागि पनि खुसीको कुरा भएको पनि मोदीले बताए।

मोदीले ओली र दाहाललाई पनि त्यही सन्देश दिएका थिए।

 

 

पुस ६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्