मुख्यमन्त्रीबारे टिप्पणी नगरौँ – आचार्य

एमाले सचिव भीम आचार्य।

विराटनगर- निर्वाचन परिणामसँगै बामगठबन्धनले प्राप्त गरेको जनादेश र उचाइ मुलुकको समृद्धिका लागि कोशेढुंगा सावित हुने एमाले सचिव भीम आचार्यले बताएका छन्।

विहीबार सुनसरीको इनरुवास्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा सचिव एवं प्रदेशसभाका विजयी उम्मेदवार आचार्यले निर्वाचन नतिजापछि जनताले बाम गठबन्धन रुचाएको उल्लेख गर्दै यसलाई सहज अवतरण गराउन दुवै दलको महत्वपूर्ण जिम्मेवारी भएको बताए ।

सोही क्रममा आचार्यले मुलुकको हीत विपरितका अन्तर्राष्ट्रिय सन्धि र सम्झौताको पुनरावलोकन सहितको विदेश नीतिका बारेमा समेत एमाले सरकारले छुट्टै रणनीति अघि बढाउने स्पस्ट पारे। प्रदेश नम्वर १ को मुख्यमन्त्रीको दाबेदारका रुपमा रहेका आचार्यले मुख्यमन्त्रीको विषयमा पछिल्लोसमय सामाजिक सञ्जालहरुमा भइरहेको टीकाटिप्पणीप्रति असन्तुष्टि व्यक्त गरे।

उनले भने, ‘मुख्यमन्त्री को हुने भन्ने विषय टुंगो नलागेको हुनाले अहिले नै कसकसको दाबेदारीभन्दा पनि पार्टीको आधिकारिक निर्णय पर्खनु नै उपयुक्त हुन्छ। त्यसैले अहिले त्यसका लागि हतारो गर्नुहुन्न।’

यसैबीच सचिव आचार्यले सुनसरीमा कार्यरत करिब एक दर्जनभन्दा बढी सञ्चारकर्मीहरुलाई पार्टी प्रवेश गराएका थिए। पार्टी प्रवेश गर्नेहरुमा संघीय समाजवादी फोरम नेपाल आवद्ध रहेको संघीय प्रेस फोरमका केन्द्रीय उपाध्यक्ष पिवी दियाली, सुनसरी अध्यक्ष प्रेम गिरीसहितका पदाधिकारी, पुर्वी बजार दैनिकका सम्पादक प्रेम बास्तोला र बिपी कांग्रेसबाट उम्मेदवार रहेका नसिम अन्सारी लगायत छन्।

यो पनि हेर्नुहोस्:

पहिले पार्टी एकता, अनि बल्ल सरकार: माओवादी

कांग्रेससँग माओवादी लचिलो, साझेदारीको पक्षमा

पुस ६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्