स्नायुरोग विशेषज्ञ देवकोटा लण्डन अस्पतालमा

काठमाडौँ: वरिष्ठ स्नायु शल्यचिकित्सक तथा पूर्वस्वास्थ्यमन्त्री डा. उप्रेन्द्र देवकोटा अस्वस्थ भएपछि लण्डनस्थित किङ्स कलेज हस्पिटलमा भर्ना भएका छन्।

हालै सम्पन्न निर्वाचनमा आफ्नो गृहजिल्ला गोरखामा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठका पक्षमा प्रचारका क्रममा उनले थकान महसुस गरेको र आराम तथा स्वास्थ्य जाँचका लागि लगत्तै उनी पत्नी मधु देवकोटाका साथ लण्डनतर्फ लागेका थिए।

उनका निकटवर्ती मित्रका अनुसार उनको कलेजोको नलीमा केही समस्या देखा परेको छ र आधिकारिक रुपमा त्यसबारे केही जानकारी हासिल हुन सकेको छैन। ६३ वर्षीय डा. उपेन्द्र बाँसबारीस्थित न्यूरो अस्पालका संस्थापक प्रमुख हुन्।

पुस ६, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्