नेपालले राष्ट्रसंघमा ट्रम्पबिरुद्ध मतदान गर्ने
जेरुसेलमलाई इजरायलको राजधानी बनाउने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्रस्तावबिरुद्ध नेपालले संयुक्त राष्ट्रसंघीय महासभामा मतदान गर्ने भएको छ।
न्यूयोर्कस्थित परराष्ट्र स्राेतका अनुसार ट्रम्पले आफ्नो प्रस्तावबिरुद्ध उभिने राष्ट्रहरुलाई सहयोग कटाैती गर्ने धम्की दिए पनि नेपाल अमेरिकी प्रस्तावको विपक्षमा उभिने भएको हो।
असंलग्न परराष्ट्र राष्ट्रहरुको समूहको निर्णयअनुसार ट्रम्पको प्रस्तावविरुद्ध नेपाल उभिने भएको हो।
यो पनि हेर्नुहोस्:
रोहिङग्यासम्बन्धी राष्ट्रसंघीय प्रस्ताव म्यानमारद्वारा अस्वीकार