अमेरिकी प्रस्तावबिरुद्धका मतकाे अर्थ नरहने निकी हेलीको चेतावनी
राष्ट्रसंघमा अमेरिकी प्रतिनिधि निकी हेलीले राष्ट्रसंघीय महासभामा जेरुसेलम नै इजरायलको राजधानी भएको अमेरिकी अडानबिरुद्ध पर्ने कुनै पनि मतको अर्थ नरहने बताएकी छन्।
राष्ट्रसंघकै अस्तित्व र सान्दर्भिकतालाई चुनौती दिँदै अमेरिकाले दिएको यो दुर्लभ वक्तव्य हो।
उनले अमेरिकी समयअनुसार बिहीबार बिहान भनिन्, ‘अमेरिकाबिरुद्ध पर्ने कुनै पनि मतको केही अर्थ रहने छैन, अमेरिकी नजरमा।’
हेलीले थप भनेकी छन्, ‘राष्ट्रसंघमा अमेरिकाबिरुद्धको दिनका रुपमा यसलाई अमेरिकाले हेर्नेछ।’