नेपालमा हस्तक्षेप नगर्न माकपाद्वारा मोदी सरकारलाई चेतावनी
भारतको मार्क्सवादी कम्युनिष्ट पार्टीले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न र समानताका आधारमा नयाँ सरकारसँग सम्बन्ध अघि बढाउन मोदी सरकारलाई आग्रह गरेको छ।
पार्टीका पूर्व महासचिव प्रकाश कारतले पार्टीको मुखपत्र पिपुल्स डेमोक्रेसीमा लेखेको लेखमा नेपालको स्वतन्त्र हैसियतलाई स्वीकार गर्न र उसको आन्तरिक राजनीतिमा हस्तक्षेप नगर्न पनि मोदी सरकारलाई चेतावनी दिएका छन्।
‘भारतले नेपालमा आफ्नो रवैयामा परिवर्तन ल्याउनैपर्छ,’ उनले भने।
नेपालमा हालै सम्पन्न निर्वाचनमा बाम गठबन्धनको विजयपछि भारतको सत्तापक्षमा देखिएको द्विविधाकै बीच मार्क्सवादी कम्युनिष्ट पार्टीले यस्तो अडान लिएको हो।