इन्भेस्टमेन्ट बैंकका दुई नयाँ शाखा
नेपाल इन्भेस्टमेन्ट बैंकले कालिकोटको नाग्म र दैलेखको डाबमा शाखा सञ्चालनमा ल्याएको छ।
कालिकोटमा ६२ औं र दैलेखमा ६३ औं शाखा बैंकले विस्तार गरेको हो।
यसअघि यी दुबै स्थानमा एक्स्टेन्सन काउन्टर रहेकोमा स्थानीय आवश्यकताअनुसार आर्थिक कारोबार बढी हुन थालेपछि शाखा बनाइएको हो। यी दुई शाखासहित सुर्खेत र जुम्ला गरी अब प्रदेश नम्बर ६ मा बैंकका शाखा चार पुगेको छ।
आठ लाखभन्दा बढी ग्राहक रहेको बैंकका हाल ६३ वटा शाखा तथा ९७ एटिएम पुगेको छ। ५४ वटा शाखारहित बैंकिङ सेवा पनि सञ्चालनमा छन्। निजी क्षेत्रमा सर्वाधिक चुक्ता पुँजी १० अर्ब ६३ करोड रहेको बैंकको हाल निक्षेप १३१ अर्ब तथा कर्जा लगानी १०७ अर्ब रुपैयाँ पुगेको छ।