बालुवाटार बैठक निष्कर्षविहीन

काठमाडौं- राष्ट्रपतिसम्म पुगेर निकासविहीन बनिरहेको राष्ट्रिय सभा निर्वाचन अध्यादेश लगायत आगामी राजनीतिक यात्रामा सहमति जुटाउन प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार बोलाएको सर्वदलीय बैठक बिना निष्कर्ष टुंगिएको छ।
बैठकको सुरुमै एकल संक्रमणीय निर्वाचन प्रणालीमा विवाद उठेपछि निष्कर्षविहीन बनेको हो।
बैठकमा एमाले बाहेक बाँकी चार एकल संक्रमणमा सहमति जनाएको प्रधानमन्त्रीका स्वकीय सचिव केशव जोशीले बताए।
बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर र संघीय समाजवादी फोरम (नेपाल)का अध्यक्ष उपेन्द्र यादवलगायत अन्य नेताहरुको सहभागिता थियो ।