
काठमाडौं- सिटी एक्स्प्रेस मनी ट्रान्स्फर र दुबईको अल फर्दान एक्स्चेन्जबीच सम्झौता भएको छ।
सम्झौतासँगै दुबईमा रहेका लीले अल फर्दान एक्स्चेन्जका ६४ केन्द्रहरुबाट पठाएको रकम सिटी एक्स्प्रेस मनी ट्रान्स्फरबाट आफन्तले नेपालमा बुझ्न सक्नेछन्।
सम्झौतामा सिटीका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टन्डन र अल फर्दान एक्स्चेन्जका सिइओ ओसामा अल रह्माले हस्ताक्षर गरेका छन्।
सो अवसरमा रह्माले आउने दिनमा सम्बन्ध अझ मजबुत हुँदै जाने बताए।
उनले सिटी एक्स्प्रेस र अल् फर्दान एक्स्चेन्जले नेपाल बाहेक अन्य देशहरुमा पनि नयाँ प्रविधि अनुसार सहकार्य गर्दै जाने समेत बताए।