विद्यार्थीले देखाए सामूहिक कौशल

सेन्ट मेरिज स्कुलमा शुक्रबार आयोजित कार्यक्रममा छातानृत्य गर्दै विद्यार्थीहरु। तस्बिर: देशसञ्चार।

ललितपुर- ललितपुरस्थित सेन्ट मेरिज स्कुलका विद्यार्थीहरुले शुक्रबार करिब तीन साता लामो बिदामा जानुअघि आफ्नो खेल र सामूहिक कौशल प्रदर्शन गरे।

कक्षा १ देखि ५ सम्मका १ हजारभन्दा बढी विद्यार्थीले अभिभावक, शिक्षक र समाजका प्रतिष्ठित व्यक्तिका अगाडि आफ्नो कौशल देखाए। कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र उपमेयर गीता सत्याल उपस्थित थिए।

कक्षा १ देखि ५ सम्मका करिब हजार जना विद्यार्थीको सानदार मार्चपासबाट सुरु भएको कार्यक्रम करिब अढाइ घन्टा चलेको थियो।

कक्षा ३ का विद्यार्थीहरुले योगका आसनहरु गरेर देखाएका थिए भने अन्य कक्षाका विद्यार्थीले छातानृत्यलगायत सामूहिक प्रदर्शन गरेका थिए। विद्यार्थीहरुले आकर्षक जिम्न्यास्टिक पनि प्रस्तुत गरेका थिए। गायत्री मन्त्रको धूनको पृष्ठभूमिमा बालिकाहरुले गरेको योगासन आकर्षक देखिएको थियो।

कार्यक्रममा सम्बोधन गर्दै ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्यालले बालिकाहरुको प्रदर्शनको सराहना गरेकी थिइन्। मेयर महर्जन कार्यक्रम सकिनुअगावै निस्किएका थिए। विद्यालयकी प्रिन्सिपल सिस्टर जेसी सीजेले विद्यार्थीहरुलाई तीक्ष्णतासहितको कडा मेहनत गर्न प्रेरणा दिएकी थिइन्।

यो पनि हेर्नुहोस्:

पूर्वविद्यार्थीले दिए विद्यालयलाई एक करोड

परीक्षामा बस्‍न नदिइएपछि नेपाली विद्यार्थीद्वारा आत्‍महत्‍या

पुस ७, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्