कालीकोटमा म्यादी प्रहरीसँगको झडपमा गोली चल्यो, एकको मृत्यु

सुर्खेत- कालीकोटमा म्यादी प्रहरी र प्रहरीबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ।

तलबमा रासनभन्दा बढी रकम कटौती गरेको भन्दै जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरिरहेका बेला प्रहरी र म्यादीबीच झडप भएको हो।

प्रदर्शनले उग्ररुप लिएपछि प्रहरीले लठ्ठीचार्ज र अश्रुग्यास प्रहार गर्दा पनि प्रदर्शन नियन्त्रणमा नआएपछि चलाइएको गोली लागी सान्नी त्रिवेणी गाउँपालिकाका तिकुवा निवासी विवेक ऐडीको उपचारको क्रममा मृत्यु भएको छ  यो समाचार तयार पार्दासम्म ऐडी म्यादी प्रहरी हुन वा होइन भन्ने बारेमा खुलेको छैन।

प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले एक जनाको मृत्यु भएको खबर आएको बताए। झडपमा अरू पनि घाइते भएको प्रत्यक्षदर्शीहरुले बताएका छन्।

घटना भएपछि कालिकोट सदरमुकाम झनै तनावग्रस्त भएको छ। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि भर्ना लिइएका म्यादीहरुले आफूमाथि दमन गरेको भन्दै प्रहरी बिटसमेत तोडफोड गरेका छन्।

यो पनि हेर्नुहोस्:

म्यादी प्रहरी मृत्यु घटनाको छानविन हुनुपर्छः विना विभागीयमन्त्री शाही

रासनमा अनियमितता भएको भन्दै आन्दोलन, आठ म्यादी प्रहरी घाइते

 

पुस ७, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्