नवाज शरीफका भाइ प्रधानमन्त्रीका उम्मेदवार

फाइल तस्बिर।

इस्लामाबाद पाकिस्तान मुस्लिम लिग-नवाजका अध्यक्ष नवाज शरीफले अगामी संसदीय निर्वाचनमा प्रधानमन्त्री पदका उम्मेदवारका रूपमा आफ्ना भाइ एवम् पञ्जाब प्रान्तका मुख्यमन्त्री शहबाज शरीफलार्इ चयन गरेका छन्। शरीफले आफ्नो आवासमा पीएमएल-एन नेताहरुसँगको बैठकपछि यस्तो घोषणा गरेका हुन्।

पाकिस्तानी सञ्चारमाध्यममा बैठकमा उपस्थित पार्टी नेताहरुलार्इ उल्लेख गर्दै भाइ शहवाज योग्य भएको दाबी गरे। परिश्रमी र जनसेवामा समर्पित भएकालेशहबाजको नाम चयन गरेको नवाजले बताए। नवाजले भने, शहबाजले सधैं जनताको कल्याणका साथ पार्टीको नीतिलार्इ अघि बढाउन काम गरेका छन्। यसै कारण उनलार्इ यो उच्च पदका लागि मनोनयन गरेका छौं।’

नवाजले आफ्नो दल लोकतान्त्रिक दल भएको बताउँदै मनमा लागेको कुरा गर्न स्वतन्त्र भएको दाबी गरे। शहबाजसँग कतिपय ठाउँमा वैचारिक मतभेद भए पनिपार्टीप्रति उनी प्रतिबद्ध भएको उनले दाबी गरे। भाइले कहिले पनि पार्टी अनुशासन उल्लंघन नगरेको उनको भनाइ छ।  

भ्रष्टाचारको आरोपमा पद छोड्न बाध्य पूर्वप्रधानमन्त्रीले मुख्यमन्त्री रूपमा शहबाजको ह्राना पनि गरे। नवाजले भने, शहबाज शरीफले मलार्इ कहिले पनि निराश पारेका छैनन्।’ केही समय पहिलेसम्म यी दुर्इ भाइबीच तनावपूर्ण सम्बन्ध थियो।अदालतले नवाज शरीफलार्इ अयोग्य घोषणा गरेपछि शहबाजलार्इ पार्टी प्रमुखमा मनोनयन नगरेपछि उक्त विवाद बाहिर आएको थियो।  

यो पनि हेर्नुहोस्:

पाक सेनाप्रमुखद्वारा राजीनामा दिने चेतावनी

पुस ७, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्